तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो « Khabarhub

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।

बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् ।

तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना ९एक्याप० जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।

यो पर्वको अवसरमा शुखशान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल