प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली « Khabarhub

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा प्रधानमन्त्री खोज्नु भनेको जनताप्रतिको उत्तरदायित्व भएको बताएकी छन् ।

अन्य प्रधानमन्त्रीजस्तै अहिलेका प्रधानमन्त्री पनि सदनमा जवाफ दिन आउनुपर्ने बताउँदै उनले नयाँका नाममा प्रतिपक्षले छुट नदिने प्रस्ट पारिन् ।

“प्रधानमन्त्रीलाई सदनमा खोज्नु भनेको उहाँले जनतालाई दिशा दिनुहुन्छ भन्ने विश्वास हो । प्रधानमन्त्री जसरी पनि जवाफ दिन सदनमा आउनुपर्छ, हामीले उहाँको सुनिश्चितता खोजेका हौँ,” ओलीले भनिन्, “जनताप्रति सरकार उत्तरदायी भएन भने त्यो सरकार बलियो हुन सक्दैन र त्यसलाई जनताको सरकार भन्न मिल्दैन ।”

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ३८ बजे

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको