५४ वर्षपछि अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै चीन पुगे « Khabarhub

५४ वर्षपछि अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै चीन पुगे


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन भ्रमणमा पुगेका छन्।

सन् १९७२ मा रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमणपछि पहिलो कुनै अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै बेइजिङ पुगेका छन्।

समाचार अनुसार, यसअघि सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमणमा गएका थिए। त्यतिबेला रक्षा मन्त्री पनि उनीसँगै पुगेका थिए।

त्यसपछि धेरै अमेरिकी रक्षा मन्त्री चीन गए तर राष्ट्रपतिको आधिकारिक भ्रमणमा उनीहरूको उपस्थिति रहेन।

विशेषज्ञहरूले राष्ट्रपतिसँगै रक्षा मन्त्रीको भ्रमणले सुरक्षा र रणनीतिक मुद्दाहरू सम्बन्धको केन्द्रमा रहेका संकेत गरेका छन्।

चीन लामो समयदेखि ताइवानलाई हतियार आपूर्ति गर्ने कुरामा अमेरिकालाई रोक्न चाहिरहेको छ। त्यसैगरी अमेरिकाले चीनलाई इरानमाथि प्रभाव पारेर होर्मुज स्ट्रेट खोल्न भूमिका खेल्न चाहन्छ।

ट्रम्प टेम्पल अफ हेभनबाट प्रस्थान

ट्रम्पले बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभनको भ्रमण पूरा गरेर त्यहाँबाट प्रस्थान गरेका छन्। अब उनी होटल फर्कनेछन् । साँझ उनीहरूको सम्मानमा आयोजित स्टेट बैंक्वेटमा सहभागी हुनेछन्।

ट्रम्पले भने – शानदार ठाउँ, चीन धेरै सुन्दर

ट्रम्प बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभन पुगेर चीनको प्रशंसा गरे। फोटो सेशनका क्रममा ट्रम्पले भने, ‘शानदार ठाउँ, अविश्वसनीय, चीन धेरै सुन्दर छ।’

टेम्पल अफ हेभन चीनको ऐतिहासिक परिसर हो, जहाँ मिङ र चिङ राजवंशका सम्राटहरूले राम्रो बालीका लागि प्रार्थना र धार्मिक अनुष्ठान गर्थे।

पत्रकारहरूले दुवै नेताबाट ताइवानबारे छलफलको विषयमा प्रश्न सोधे। तर ट्रम्प र चिनफिङले कुनै जवाफ दिएनन्। ट्रम्पलाई कुराकानी कस्तो भयो भनेर सोध्दा उनले मात्र भने, ‘पर्खनुहोस्।’

यसअघि ट्रम्प बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभन परिसर पुगेर घुमे। बिहीबार दिउँसो ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै सांस्कृतिक भ्रमण गर्ने कार्यक्रम छ ।

यो बेइजिङको ऐतिहासिक मन्दिर परिसर र ठूलो पर्यटकीय आकर्षण मानिन्छ। टेम्पल अफ हेभन परिसरलाई दुई दिनअघि नै आम नागरिकका लागि बन्द गरिएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : २२ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका