ताइवान र ‘ट्रेड वार’बारे ट्रम्पलाई राष्ट्रपति सीको चेतावनी : गलत रुपमा अघि बढे सम्बन्ध खतरनाक मोडमा पुग्न सक्छ « Khabarhub

ताइवान र ‘ट्रेड वार’बारे ट्रम्पलाई राष्ट्रपति सीको चेतावनी : गलत रुपमा अघि बढे सम्बन्ध खतरनाक मोडमा पुग्न सक्छ


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलामा आक्रमक नहुन अमेरिकालाई चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका-चीन सम्बन्धमा सबैभन्दा महत्वपूर्ण रहेको बताए। उनले यदि यसलाई सही तरिकाले ह्यान्डल नगरिए दुवै देशको सम्बन्ध अत्यन्त खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी पनि दिएका छन्।

चिनियाँ सरकारी एजेन्सी सिन्ह्वाका अनुसार सीले ट्रम्पसँगको बैठकमा ताइवान मुद्दा उठाएका हुन्। उनले यदि ताइवान मामिलालाई सही तरिकाले ह्यान्डल गरिए अमेरिका-चीन सम्बन्धमा स्थिरता कायम रहन सक्ने बताए ।

ट्रम्प र सीबीच बेइजिङमा चलेको बैठक अझै बैठक जारी छ। बीबीसीका अनुसार बैठक निर्धारित समयभन्दा ३० मिनेट बढी चलिसकेको छ। यद्यपि यो केही ढिलो सुरू भएको थियो, तर पनि लामो कुराकानी जारी छ।

ताइवान लामो समयदेखि अमेरिका र चीनबीच सबैभन्दा संवेदनशील मुद्दा रहिआएको छ। चीनले ताइवानलाई आफ्नो भाग मान्छ, जबकि अमेरिकाले ताइवानलाई सैन्य र राजनीतिक समर्थन दिँदै आएको छ।

हालका वर्षहरूमा अमेरिकाले ताइवानलाई अर्बौं डलरको हतियार प्याकेज स्वीकृत गरेको छ, जसको चीनले निरन्तर विरोध गर्दै आएको छ।

ट्रेड वारमा कुनै विजेता हुँदैन

बेइजिङमा ट्रम्पसँगको शिखर वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले ट्रेड वारमा कोही विजेता नहुने बताए। चिनियाँ सरकारी मिडियाका अनुसार सीले अमेरिका र चीनको व्यापारिक टोलीबीचको हालैको कुराकानीमा सन्तुलित र सकारात्मक नतिजा आएको छ।

सीले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको आधार पारस्परिक लाभ र दुवैले जित्ने सहयोग हो। उनले दुवै देशलाई वर्तमान सकारात्मक वातावरण कायम राख्न सँगै काम गर्न अपील गरे।

बुधबार अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच दक्षिण कोरियामा बैठक भएको थियो। यो बैठक ट्रम्प-सी शिखर वार्ताअघि भएको थियो।

अमेरिका र चीनबीच पछिल्ला केही वर्षदेखि ट्यारिफ, प्रविधि र व्यापारलाई लिएर तनाव छ। बेइजिङमा चलिरहेको बैठकमा व्यापार, रेयर अर्थ म्याटेरियल्स, एआई, ताइवान र इरान युद्ध जस्ता मुद्दाहरूमा छलफल भइरहेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : ३७ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका