लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी दश जनाको  मृत्यु हुनुका साथै  २७ जना घाइते भएको  लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

नबातीह जिल्लाको अरबसालिम सहरमा भएको  इजरायली आक्रमणमा तीन जना बालबालिका र दुई जना महिलासहित छ जनाको मृत्यु भएको र अन्य १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

हारुफ सहरमा भएको अर्को आक्रमणमा एक जना बच्चाको मृत्यु भएको र पाँच जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । रौमाइन सहरमा इजरायली भएको आक्रमणमा दुई जना बालकसहित तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । 
 
दक्षिणी लेबनानको जिब्किन सहरमा भएको अर्को इजरायली आक्रमणमा चार जना महिलासहित नौ जना घाइते भएको उल्लेख गरिएको छ ।

गत मार्च –२ देखि लेबनानमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या  दुई हजार ८९६ पुगेको र  आठ हजार ८२४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

इजरायली सेनाले गत अप्रिलमा सुरु भएको युद्धविरामको उल्लङ्घन गर्दै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ।  

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १ : २६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा