संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन « Khabarhub

संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री संसद्को नेता हुने भएकाले संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताएका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै पुनले प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी लाई ध्यानाकर्षण गराएका हुन्।

पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हुने उल्लेख गर्दै नीति तथा कार्यक्रममाथिको छलफल स्वयं प्रधानमन्त्रीको जिम्मेवारी र स्वामित्वको विषय भएको बताए। 

उनले भने, ‘संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो। संसद्लाई व्यवस्थित र मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हुन्छ।’

उनका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिले राम्रो संकेत नगर्ने भन्दै उनले यसलाई संसदीय अभ्यासका हिसाबले गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।

पुनले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर आफ्ना नीति तथा कार्यक्रमको बचाउ गर्नुपर्ने र प्रतिपक्षका प्रश्नहरूको जवाफ दिनुपर्ने पनि उल्लेख गरे। उनले लोकतन्त्रको सुन्दर पक्ष संवाद भएको भन्दै संसदै नै त्यसको प्रमुख थलो भएको धारणा राखे।

उनले प्रधानमन्त्रीले आफ्ना कार्यक्रमको स्वामित्व लिएर आगामी दिनमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा समेत व्यक्त गरे।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ५ : ३६ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले