क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड « Khabarhub

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय रूपमा काम गर्ने सदस्यहरूको समस्या सुन्न र समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय भेलाको उद्‌घाटन गर्दै सभापति थापाले पार्टीका सबै सदस्यलाई केन्द्रसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सदस्यता अद्यावधिक अभियान अघि बढाइएको बताए। उनले यसबाट आम सदस्यको भावना र आवश्यकताअनुसार पार्टी सङ्गठनलाई अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले पार्टीलाई थप संगठित र एकताबद्ध बनाउने प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै प्रदेश तथा स्थानीय तहमा जिम्मेवारी पाएका नेता तथा कार्यकर्तालाई आफ्नो भूमिकाप्रति जिम्मेवार बन्न आग्रह गरे।

राज्य र नागरिकबीच पार्टीले सेतुको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय गरेर जनभावनाअनुसार काम गर्नुपर्ने बताए। उनले सरकार संविधान, विधि र पद्धतिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसबाट विचलित भए कांग्रेसले खबरदारी जारी राख्ने चेतावनी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले समाज रूपान्तरणका लागि सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेसले सरकारलाई साथ दिने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यताअनुसार अघि बढ्न सरकारलाई आग्रह गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले आफ्नो नेतृत्वको सरकारले गरेका कामप्रति पार्टीका सदस्यले गर्व गर्न सक्ने दाबी गरे। उनले पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, कांग्रेस महामन्त्री गुरुराज घिमिरे ले पार्टीलाई तल्लो तहबाटै बलियो बनाउनुपर्नेमा जोड दिए भने प्रवक्ता देवराज चालिसे ले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नीति तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, प्रदेश उपसभापति कल्पना तिवारी तथा महामन्त्री विष्णुप्रसाद लामिछाने लगायतले आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : ०८ बजे

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको