आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। सन् २०२६ जुन १४ तारिख।  विश्व रक्तदाता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।

मिथुन : दिन सहज छ । बोल्दा भने सचेत बन्नुपर्ने समय छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ । मिहिनेतको फल मिल्ने योग छ ।

कर्कट : दिन सामान्य  राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : दिन धेरै राम्रो छ । आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।

तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्ने भएकाले कम बोल्नु उचित हुन्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुहोला ।

वृश्चिक : दिन धेरै राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीले साथ दिने योग छ । मनमा उत्साह थपिने छ ।

धनु : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।

मकर : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ । महत्त्वपूर्ण अवसर मिल्नेछ ।

कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।

मीन : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।  शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : १८ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि