अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी « Khabarhub

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले सम्झौतालगत्तै विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ सबैका लागि खुला हुने बताएका छन्। साथै, ट्रम्पले सम्झौतापछि अन्ततः इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दाबी समेत गरेका छन्।

यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छिमेकी मुलुक पाकिस्तानले पनि २४ घण्टाभित्र सम्झौता टुङ्गोमा पुग्ने अपेक्षा गरिएको र ‘इलेक्ट्रोनिक हस्ताक्षर’ का लागि तयारी भइरहेको जनाएको छ।

तर, ट्रम्पको सोसल मिडिया पोस्टअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी दाबीप्रति सावधानी अपनाउन आग्रह गरेका थिए। उनले भनेका थिए, “समझदारी पत्रमा हस्ताक्षर हुने निश्चित मितिका लागि हामीले पर्खनुपर्ने हुन्छ, तर त्यो आइतबार भने हुने छैन।”

दशकौँदेखि पश्चिमी देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्र भएको बताउँदै आएको छ।

ट्रम्पले यदि यो वार्ता “छिटो, सहज र शान्तिपूर्ण रूपमा” अगाडि नबढे वासिङ्टनसँग ‘अन्तिम विकल्प’ तयार रहेको चेतावनी दिँदै त्यसको प्रयोग गर्न नपरोस् भन्ने कामना समेत गरेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ०७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको