ब्राजिलका फ्यानलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को « Khabarhub

विश्वकप

ब्राजिलका फ्यानलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई चुनौती दिँदै आएको मोरोक्कोले जारी विश्वकपको सुरुवाती खेलमा १–१ को नतिजा निकाले।

जाइन्ट किलरको छवि बनाएको मोरोक्कले आइतबारको खेलमा ब्राजिललाई हम्मेहम्मे पार्यो‍ । खेलको २१ औं मिनेटमा मोरोक्कोका इस्माइल साइबारीले गोल गर्दै टिमलाई अग्रता नै दिलाए ।

त्यसको ११ औं मिनेटपछि ब्राजिलका भिनिसियस जुनियरले गोल फर्काएर खेललाई बराबरीमा ल्याए। तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । खेल बराबरीमा सकियो । अर्थात्, दुवै टोली आफ्नो उद्घाटन खेलमा १/१ अंक बाँडे ।

यस विश्वकपको उपाधि दाबेदार मानिएको ब्राजिललाई हम्मेहम्मे बनाएर मोरोक्कोले आफ्नो ‘जाइन्ट किलर’को छविलाई निरन्तरता दिएको छ। मोरोक्कोले ब्राजिलको डी बक्समा लगातार दबाब बढाए पनि फिनिसिङ राम्रो हुन नसक्दा थप स्कोर निस्किन सकेन।

मोरोक्कोविरुद्ध अंक बाँड्न बाध्य भएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीको रणनीतिमा चुक भएको विश्लेषण गर्न थालिएको छ। इतिहास हेर्ने हो भने मोरोक्को भन्दा ब्राजिल झिनो रुपमा बलियो देखिन्छ ।

लेगेसीको भार र धेरै अपेक्षाले थिचिएको ब्राजिलको प्रस्तुति फितलो भएको दर्शकहरूको प्रतिक्रिया छ । उनीहरू आफ्नो टीमको खेलबाट सन्तुष्ट छैनन्। यतिको प्रदर्शनले फाइनद यात्रा गर्न कठिन हुने उनीहरूको बुझाइ छ ।

खेलको ५४ प्रतिशत समय बल बाज्रिलको नियन्त्रणमा थियो । सट अन टार्गेट पनि ब्राजिलको धेरै छ– ब्राजिलको ५ मोरोक्कको ४ ।

तर फेयर प्लेको कुरा गर्ने हो भने ब्राजिलमाथि दबाब परेको छ। उसले १६ वटा फल गरेर दुई एल्लो कार्ड पायो । मोरोक्को कार्डरहित १४ फलको अवस्थामा देखियो ।

ब्राजिलले ६ पटक कर्नर प्रहार पायो भने मोरोक्को २ मै सीमित रह्यो । मारोक्कोले १३ सट प्रहार गर्दा ब्राजिलले ८ मात्रै प्रहार गर्यो‍ । ब्राजिलको अट्याकिङ अपेक्षा गरेभन्दा कमजोर देखियो ।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले ब्राजिलले पहिलो हाफमा कमजोर प्रदर्शन गरेको प्रतिक्रिया दिए । खेलाडीहरू नर्भस भएकोसम्मको मूल्याङ्कन उनले गरेका छन् ।

‘ब्राजिलले नियन्त्रण गुमाएको थियो, सन्तुलनको अभाव थियो, विशेष गरी पहिलो हाफमा,’ उनले भने, ‘विशेष गरी पहिलो हाफ, धेरै गाह्रो थियो, मलाई लाग्छ टोली अलि धेरै नर्भस थियो, धेरै पटक बल नियन्त्रण गुमाएको थियो र मैदानमा सन्तुलनको अभाव थियो ।’

यो खेललाई कठिन भन्दै आगामी दिनमा टोलीले प्रदर्शन उत्कृष्ट रहने उनले दाबी गरे ।

चुक्यो ब्राजिल

डिफेन्डरहरूको ग्याप हेरेर टिमबाट पाएको पास मोरोक्कोका इस्माइलले सदुपयोग गर्दै स्कोर निकालेका थिए । ब्राजिलका दुई डिफेन्डरले पछ्याइरहेको र किप्पर पनि अगाडि बढेको अवस्थामा उच्च आत्मविश्वाससहित उनले बललाई जाली चुमाए ।

ब्राजिलका भिनिसियसको गोल भने व्यक्तिगत स्किलको थियो । तीन डिफेन्डरको सानो ग्यापबाट उनले किप्परलाई छलाएर गोल गरे । यो गोलमा टिमको सहकार्यभन्दा उनको स्किल हाबी देखियो ।

खेलको ४० औं मिनेटमा ब्राजिलका राफिन्हाले गोलको ठूलो अवसर गुमाए । डिफेन्डरको ग्याप र किप्परसँग वान भर्सेस वानको अवसर उनले डी-बक्समै गुमाए ।

ब्राजिलका खेलाडीले बललाई सन्तुलनमा राख्न नसकेको प्रष्ट नै देखिन्थ्यो । यसलाई मोरोक्कोको उत्कृष्ट डिफिन्डङ स्ट्रेन्थको कोणबाट पनि चर्चा गर्न सकिन्छ ।

यस पटक पनि टीम सहकार्यभन्दा ब्राजिलका खेलाडीहरू एकल प्रयासका लागि मैदानमा कुदिरहेका देखिन्थे। अर्थात्, एकअर्काबीच यस विश्वकपमा पनि तालमेलको अभवा देखियो।

४५ औँ मिनेटमा ब्राजिललेका अर्को गोलको अवसर गुमायो । लुकास पाकेटाले डी-बक्सभित्र पाएको बल नियन्त्रणमा नलिइ बाइसाइकल सटमा गोल गर्ने असफल प्रयास गरे । आई थियागोले डिफेन्सको ग्पाप बनाएरको बसेको उनले वास्ता नगर्दा गोल गर्ने सम्भावना खेर गयो ।

दोस्रो हाफमा दुवै टोली आक्रमक बन्न सकेनन् । दुवै टोलीले गोलको अवसर भने नपाएका होइनन् । ७७ औं मिनेटमा राफिन्हाको प्रहार मोरोक्का किप्परले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफमा मोरोक्को ब्राजिलमाथि हाबी भएको थियो । दोस्रोमा ब्राजिललले कम ब्याक गर्‍यो । मोरोक्कोको बलियो डिफेन्सलाई चिर्न नसक्दा ब्राजिल बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

ब्राजिलका समर्थकहरूका लागि मोरोक्कोसँगको खेल निराशजनक हो । उनीहरूले घाइते भएर मोरोक्कोसँगको खेल्न पाएका नेइमारको अभाव भएको प्रतिक्रिया दिइरहेका छन् ।

मोरोक्कोविरुद्धको खेलमा नेइमार नउत्रिँदा एकजना परिपक्व लिडरको अभाव मैदानमा देखियो । ब्राजिलका फ्यानहरूले पनि नेइमार भएको भए खेलमा नतिजा अर्कै हुने निष्कर्ष सुनाए । नेइमार विश्वकपअघि नै चोटग्रस्त भएकाले निको हुने चरणमा रहँदा ब्राजिलका लागि विश्वकपको उद्घाटन खेलमा देखिन पाएनन्।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ३ : ५३ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?