गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ « Khabarhub

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन सम्बन्धी बहस अन्त्य गरी संगठनात्मक एकता कायम गर्न आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै सिटौलाले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लाई विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवाद अन्त्य गर्न आग्रह गरे।

‘लेख्ने चक र मेट्ने डस्टर पनि तपाईंहरूसँग छ, कांग्रेसको खण्डित अवस्थालाई मेटाउनुपर्छ,’ उनले भने, ‘१०औँ, ११औँ, १२औँ महाधिवेशन जस्तै १५औँ महाधिवेशन गरे सबै कुरा मिल्छ। अहिले अनेक नाटक गरेर जानुको जरुरी छैन।’

उनले कांग्रेसभित्रको विभाजित मनस्थितिले देशलाई सही दिशा दिन नसक्ने उल्लेख गर्दै पार्टी एकता अहिलेको आवश्यकता भएको बताए। ‘मनदेखि खण्डित कांग्रेसले देश जोगाउन सक्दैन। देशलाई गति दिन कांग्रेसको मन मिल्नुपर्छ, कांग्रेस एक हुनुपर्छ,’ उनले भने ।

सिटौलाले लोकतन्त्र र शासन व्यवस्था नै चुनौतीमा परेको दाबी गर्दै जनताको मनबाट भय हटाउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताए । ‘दलहरूको काम चुनाव जितेर शासन गर्ने मात्रै होइन, जनताको मनबाट डर हटाउने पनि हो,’ उनले अगाडि थपे।

उनले देशमा अझै अस्थिरता र जटिलता बढ्न सक्ने चेतावनी दिँदै कांग्रेसले नयाँ जागरण अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याए। २००७ सालको प्रजातान्त्रिक आन्दोलनताका जस्तै साहस, प्रतिबद्धता र जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्न सके मात्रै वर्तमान समस्याको समाधान सम्भव हुने उनको भनाइ थियो।

सिटौलाले पार्टीका शीर्ष नेताबीच संवादबाट सहज रूपमा सहमति जुट्न सक्ने बताउँदै पत्राचारभन्दा प्रत्यक्ष भेटघाट र छलफललाई प्राथमिकता दिन आग्रह गरे।

उपसभापति विश्वप्रकाश शर्माले आफू, विजयकुमार गच्छदार र शशांक कोइरालालगायत नेताहरूलाई पत्र पठाए पनि प्रत्यक्ष संवादबाट छोटो समयमा समाधान निकाल्न सकिने अवस्था रहेको पनि उनले बताए ।

कांग्रेसभित्र देखिएको विवाद अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : १८ बजे

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको