शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए « Khabarhub

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर चिन्ता जनाएका छन् । उनले कांग्रेसलाई एक बनाइरहन सबै नेताले लाग्नुपर्नेमा पनि जोड दिए ।

विराटनगरमा आइतबार भइरहेको संस्थापन इतर समूहको भेलालाई सम्बोधनका क्रममा उनले कांग्रेस फुटिसकेको जस्तो अवस्था देखिएको पनि बताए । कोइरालाले यसलाई दुर्भाग्यपूर्ण अवस्थाका रुपमा टिप्पणी गरे ।

लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित कांग्रेस अहिले फुटको अवस्थामा पुग्नु पीडादायी भएको उनको टिप्पणी छ । पार्टी आफैँ नटुक्रिए पनि विभिन्न कारणले फुटाइएको पनि उनले गुनासो गरे ।

सर्वोच्च अदालत र निर्वाचन आयोगका केही निर्णयले कांग्रेसलाई आजको फुटको अवस्थामा लगेको उनले बताए । आयोग र सर्वोच्च दुवैले पुसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई मान्यता दिएका थिए ।

कोइरालाले पार्टीको संस्थागत विरासत बचाउन पार्टीभित्र एकता अपरिहार्य हुने जिकिर गरे । पार्टी बलियो नभएसम्म देश विकास र लोकतन्त्र मजबुत नहुने पनि उनको तर्क थियो ।

उनले कांग्रेसको वर्तमान नेतृत्वतिर लक्षित गर्दै पार्टीमा धेरै अनुभवी र पुराना नेतालाई पाखा पारिँदा सीमित समूहले मात्रै हाँक्न नसक्ने पनि बताए । पार्टीका सबै पक्षलाई समेट्नु अहिलेको आवश्यकता रहेको उनको टिप्पणी थियो ।

‘कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता एकता हो । विगतका तिक्तता भुलेर सबै एकजुट हुनुपर्छ। कांग्रेस बलियो भए देशले सही दिशा पाउन सक्छ’, उनले भने, ‘०४८ सालमा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा थियो । के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?’

उनले अब नेताहरूले पहिले आफूलाई परिवर्तन गर्नुपर्ने बताए । कोइरालाले कांग्रेस फुटेको नभएर फुटाइएको पनि तर्क गरेका छन्।

‘आजै म कोइराला निवास पुगेँ, आँसु रसाए । कांग्रेसलाई आज टुक्र्याइएको छ । अदालतले दुई टुक्रा बनायो, यो गलत थियो,’, कोइरालाले भने, ‘अब पार्टी एकता गरेर जानुपर्छ। गाउँ गाउँमा कांग्रेस भए पनि भोट आएन ।’

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : ४७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको