दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो « Khabarhub

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् । 

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेन्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे । 

राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ । सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारे । 

वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको,सहकारी पीडितलाई न्याय नदिएको र किसानले दूधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने दाबी समेत गरे । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ५ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली