राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर « Khabarhub

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा मजबुत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नुपरेको बताएका छन् । 

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान समेत गरे ।

उनले निकट भविष्यमै पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंगो लगाएर सातवटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिए । आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको शमशेरको दाबी छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : ०७ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’