सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि « Khabarhub

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।

टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन एम्बाप्पे र लामिन यामाल आमनेसामने हुनेछन्। स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल मड्रिड र बार्सिलोनाबाट खेल्दै आएका यी दुई खेलाडी यस पटक भने विश्वकप फाइनलमा भिड्न लागेका हुन्।

‘अप्टा’ को सुपर कम्प्युटरले गरेको प्रक्षेपणअनुसार निर्धारित ९० मिनेटको खेलमा फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत छ भने स्पेनको जित्ने सम्भावना ३१.८ प्रतिशत मात्र छ। खेल अतिरिक्त समयमा जाने सम्भावना २६.१ प्रतिशत अनुमान गरिएको छ।

तथ्याङ्क हेर्दा स्पेन फ्रान्समाथि केही हाबी देखिन्छ। यी दुई टोलीबीच हालसम्म भएका ३८ भेटमा स्पेनले १८ खेल जितेको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ। बाँकी ७ खेल बराबरीमा सकिएका छन्। उनीहरूबीचको पछिल्लो भेट एक वर्षअघि सन् २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो, जहाँ यामालको दुई गोलको मद्दतले स्पेन ५–४ ले विजयी भएको थियो। त्यसअघि युरो २०२४ को सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो।

फ्रान्सका कप्तान एम्बाप्पे स्पेनका युवा स्टार यामाल ।

विश्वकपको इतिहासमा भने यी दुई टोली सन् २००६ मा मात्र एक पटक आमनेसामने भएका थिए। जहाँ जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो।

फ्रान्स र स्पेनको खेल मंगलबार मध्यरातमा हुँदैछ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : ४१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन