मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए « Khabarhub

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बिहान सिमरा पुगेका छन् । गृहमन्त्री आफैं भेट्न आउन लागेको खबर पाएपछि न्यायको माग गर्दै हिँडेका मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

गएराति निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर मंगलबार बिहानै पुनः पैदल मार्चमा निस्किन लागेका पीडितलाई स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी गराएका थिए । प्रहरीको जानकारीपछि उनीहरूले आफ्नो यात्रा केही समयका लागि रोकेर निजगढमै गृहमन्त्रीलाई पर्खिरहेका छन् ।

मिटरब्याज र ठगीविरुद्ध न्यायको माग गर्दै असार २५ गते जनकपुरधामबाट निस्किएको पीडितको ‘मार्च’ सोमबार साँझ बाराको निजगढ आइपुगेको हो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : २५ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ