आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा « Khabarhub

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि बन्द भएको रेस्टुरेन्ट पुनः सञ्चालनमा आएको छ ।

आइतबार आयोजित कार्यक्रममा रेस्टुरेन्टले औपचारिक रूपमा पुनः सञ्चालनको घोषणा गर्दै यो यात्रा साहस, विश्वास र सामूहिक प्रयासको परिणाम भएको जनाएको छ ।

आगलागीपछि क्षतिग्रस्त संरचनाको निरीक्षणका क्रममा रेस्टुरेन्टका धार्मिक तथा सांस्कृतिक प्रतीकहरू-अर्धशरीर भएको हरिण, गौमाता र बाच्छो-अक्षुण्ण अवस्थामा भेटिएको रेस्टुरेन्टले जनाएको छ ।  

रेस्टुरेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निभेन अमात्यले चार महिनाभित्रै रेस्टुरेन्टलाई पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा सम्पूर्ण कर्मचारीको समर्पण, एकता र अथक मेहनतप्रति आभार व्यक्त गरे । उनले ग्राहकलाई पुनः उत्कृष्ट परिकार र आत्मीय आतिथ्यका साथ सेवा गर्ने अवसरलाई ठूलो सौभाग्यका रूपमा लिएको बताए ।

रेस्टुरेन्टले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, ललितपुर महानगर प्रहरी तथा दमकलकर्मीहरू प्रति विशेष धन्यवाद ज्ञापन गरेको छ ।  उनीहरूको साहस र समर्पणले ठूलो क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको रेस्टुरेन्टको भनाइ छ ।

चार महिनापछि पुनः खुलेको ‘दाउरा’ रूफटप ले अब आफ्ना ग्राहकलाई नयाँ उत्साहका साथ स्वागत गर्ने जनाएको छ ।  

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : २३ बजे

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको