आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा « Khabarhub

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि बन्द भएको रेस्टुरेन्ट पुनः सञ्चालनमा आएको छ ।

आइतबार आयोजित कार्यक्रममा रेस्टुरेन्टले औपचारिक रूपमा पुनः सञ्चालनको घोषणा गर्दै यो यात्रा साहस, विश्वास र सामूहिक प्रयासको परिणाम भएको जनाएको छ ।

आगलागीपछि क्षतिग्रस्त संरचनाको निरीक्षणका क्रममा रेस्टुरेन्टका धार्मिक तथा सांस्कृतिक प्रतीकहरू-अर्धशरीर भएको हरिण, गौमाता र बाच्छो-अक्षुण्ण अवस्थामा भेटिएको रेस्टुरेन्टले जनाएको छ ।  

रेस्टुरेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निभेन अमात्यले चार महिनाभित्रै रेस्टुरेन्टलाई पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा सम्पूर्ण कर्मचारीको समर्पण, एकता र अथक मेहनतप्रति आभार व्यक्त गरे । उनले ग्राहकलाई पुनः उत्कृष्ट परिकार र आत्मीय आतिथ्यका साथ सेवा गर्ने अवसरलाई ठूलो सौभाग्यका रूपमा लिएको बताए ।

रेस्टुरेन्टले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, ललितपुर महानगर प्रहरी तथा दमकलकर्मीहरू प्रति विशेष धन्यवाद ज्ञापन गरेको छ ।  उनीहरूको साहस र समर्पणले ठूलो क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको रेस्टुरेन्टको भनाइ छ ।

चार महिनापछि पुनः खुलेको ‘दाउरा’ रूफटप ले अब आफ्ना ग्राहकलाई नयाँ उत्साहका साथ स्वागत गर्ने जनाएको छ ।  

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : २३ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी