यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता « Khabarhub

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

कप्तान सोनीको सानदार अलराउन्ड प्रदर्शन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह विजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ अन्तर्गत मङ्गलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो । नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।

हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । नेपालका लागि कसिलो बलिङ गरेकी कप्तान सोनी पाख्रिनले ४ ओभरमा ४ रन मात्र खर्चेर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्नेहा महराले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ्स खेलिन् । उनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, सावित्री धामीले ५२ रनको अर्धशतकीय योगदान दिइन् भने अलिशा यादव २३ रनमा अविजित रहिन् ।

नेपालले यू–१९ स्तरमा बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने जारी प्रतियोगिताको सर्वाधिक योगफलसमेत हो । यसअघि सन् २०२५ को महिला यू–१९ टी–२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रनको योगफल बनाएको थियो ।

हङकङका लागि निमरा अरबले २ तथा वोङ विङ र आरुज फातिमाले १–१ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले र दोस्रो खेलमा सिङ्गापुरलाई १५१ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : ३६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम