र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर « Khabarhub

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड इर्लिङ हालान्ड स्वदेश फर्किंदा मैदानबाहिरको एउटा अनौठो दृश्यले सबैको ध्यान तानेको छ।

टोलीका अन्य खेलाडीसँग विमानबाट ओर्लिएका हालान्डको हातमा अमेरिकी यात्राको सम्झनास्वरूप ल्याइएको र्‍याकुन (भरिएको जनावर) थियो, जसको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नर्वे विश्वकपको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै बाहिरिए पनि टोलीलाई स्वदेशमा नायकसरह स्वागत गरिएको थियो।

राजधानी ओस्लोमा एक लाखभन्दा बढी समर्थक सडकमा उत्रिएका थिए भने शाही परिवारले पनि टोलीलाई दरबारमा स्वागत गरेको थियो।

हालान्डले अमेरिकाको डलासस्थित एक पसलबाट किनेको उक्त र्‍याकुनलाई आफूले ‘स्मरणीय उपहार’ का रूपमा घर ल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा र्‍याकुनको नाम राख्न समर्थकसँग सुझावसमेत मागेका थिए।

विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेका २५ वर्षीय हालान्डले नर्वेलाई २८ वर्षपछि विश्वकपमा फर्काउँदै पहिलोपटक क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको प्रदर्शनसँगै ‘भाइकिङ रो’ उत्सव पनि विश्वभर चर्चित बनेको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ३४ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई