इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो « Khabarhub

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेलका लागि अमेरिकी इस्माइल एलफाथलाई मुख्य रेफ्री नियुक्त गरेको छ।

मोरक्कोमा जन्मिएका एलफाथले यसअघि पनि विश्व फुटबलका धेरै महत्त्वपूर्ण खेल सञ्चालन गरिसकेका छन्।

एलफाथ सन् २०१६ देखि फिफाका अन्तर्राष्ट्रिय रेफ्री हुन्। उनले २०१९ को फिफा यू–२० विश्वकपको फाइनल, २०२२ विश्वकपका खेलहरू तथा अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा चौथो अधिकारीको भूमिका निर्वाह गरेका थिए।

इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनलअघि उनको नियुक्तिले फुटबल समर्थकमाझ विशेष चासो बढाएको छ।

अर्जेन्टिनाले एलफाथले रेफ्री गरेको पछिल्ला केही महत्त्वपूर्ण खेलमा जित निकालेको तथ्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

केही समर्थकले यसलाई अर्जेन्टिनाका लागि ‘शुभ संकेत’ भनेका छन् भने आलोचकहरूले निष्पक्ष रेफ्रिङको अपेक्षा गरेका छन्। इङ्ल्यान्डको चर्चित अनलाइन डेली मेलले मेस्सीलाई राहत हुने गरी फिफाले रेफ्री छनोट गरेको समाचार लेखेको छ।

एलफाथलाई सहायक रेफ्रीका रूपमा अमेरिकी कोरी पार्कर र काइल एट्किन्सले साथ दिनेछन् । इटालीका माउरिजियो मारियानी चौथो अधिकारी रहने फिफाले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ३९ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको