इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो « Khabarhub

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेलका लागि अमेरिकी इस्माइल एलफाथलाई मुख्य रेफ्री नियुक्त गरेको छ।

मोरक्कोमा जन्मिएका एलफाथले यसअघि पनि विश्व फुटबलका धेरै महत्त्वपूर्ण खेल सञ्चालन गरिसकेका छन्।

एलफाथ सन् २०१६ देखि फिफाका अन्तर्राष्ट्रिय रेफ्री हुन्। उनले २०१९ को फिफा यू–२० विश्वकपको फाइनल, २०२२ विश्वकपका खेलहरू तथा अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा चौथो अधिकारीको भूमिका निर्वाह गरेका थिए।

इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनलअघि उनको नियुक्तिले फुटबल समर्थकमाझ विशेष चासो बढाएको छ।

अर्जेन्टिनाले एलफाथले रेफ्री गरेको पछिल्ला केही महत्त्वपूर्ण खेलमा जित निकालेको तथ्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

केही समर्थकले यसलाई अर्जेन्टिनाका लागि ‘शुभ संकेत’ भनेका छन् भने आलोचकहरूले निष्पक्ष रेफ्रिङको अपेक्षा गरेका छन्। इङ्ल्यान्डको चर्चित अनलाइन डेली मेलले मेस्सीलाई राहत हुने गरी फिफाले रेफ्री छनोट गरेको समाचार लेखेको छ।

एलफाथलाई सहायक रेफ्रीका रूपमा अमेरिकी कोरी पार्कर र काइल एट्किन्सले साथ दिनेछन् । इटालीका माउरिजियो मारियानी चौथो अधिकारी रहने फिफाले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : ३९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल