सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । 

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६