धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित « Khabarhub

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६०० जनाभन्दा बढी सर्वसाधारणलाई उनीहरू बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ ।

काठमाडौँ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट ६०९ जना लाभान्वित भएका हुन् । काठमाडौँमा साउन २४ गते १००, पोखरामा साउन २७ र २८ गते ३५०, बेनीमा २९ र ३० गते सञ्चालन भएको शिविरबाट १५९ जनालाई सेवा उपलब्ध गराएको गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर बजार झरेका जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम बेनीको शिविर सम्पन्न गरेर आज गाउँ फर्किएका छन् । ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको रोकाले बताए ।

गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको छ । बेनीमा बस्दै आएकी धवलागिरि गाउँपालिका–३ मुनाकी मनरूपी गर्बुजाले बर्खाका समयमा गाउँमा रहेको वडा कार्यालयमा पुग्दा हुने समय र खर्चको बचतका साथै झन्झट हटेको बताए ।

तातोपानीमा बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–४ मुदीकी ७५ वर्षीया जसिका पुनले ज्येष्ठ नागरिक र अशक्तलाई शिविरले राहत मिलेको बताए । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित साथै सातवटै वडाका अध्यक्ष र सचिवहरूले शिविरमा सेवा दिएका छन् ।

धवलागिरिमा करिब तीन हजार जनालाई वार्षिक रु १० करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ । सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि औपचारिक रूपमा बसाइँसराइ गर्ने अवस्था नआओस भनेर घुम्ती शिविरमार्फत बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराउने अभ्यास गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ५१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६