भोटेकोशीको बाढीपछि त्रिशूली किनारमा त्रास: विस्थापित हुने डरमा मुग्लिनका व्यवसायी « Khabarhub

भोटेकोशीको बाढीपछि त्रिशूली किनारमा त्रास: विस्थापित हुने डरमा मुग्लिनका व्यवसायी


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली नदी किनारका बासिन्दा त्रासमा दिन बिताउन बाध्य छन्। नदीमा कुनै पनि बेला बहाव बढेर क्षति पुर्‍याउने चिन्ताले मुग्लिन र आसपासका बासिन्दालाई सताउन थालेको हो।

इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा विगत ४५ वर्षदेखि बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरू पूर्ण रूपमा असुरक्षित महसुस गरिरहेको बताउँछिन्। “यसअघि पनि बाढी देखेकै थियौँ, तर यति विनाशकारी कहिल्यै देखेका थिएनौँ,” उनले भनिन्, “अहिले त अलिअलि पानी पर्दा पनि फेरि घर छाडेर भाग्नुपर्ने हो कि भन्ने डरले सताउँछ।”

मुग्लिन बजारमा ४५ वर्षदेखि ‘आमा होटल’ चलाउँदै आएकी कोपिला गौचनको अवस्था पनि उस्तै छ। बाढी आएको दिनदेखि उनले न त फोन अफ गर्न सकेकी छन्, न राति आरामले निदाउन नै। “कतैबाट फोन आएर घर छाड्न भन्छन् कि भन्ने डर लागिरहन्छ,” उनले भनिन्, “खोला सुसाउँदा पनि मन आत्तिन्छ।”

विगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका स्याङ्जाका सेख अलाउदीन मियाँ पानीको आवाज पर्नसाथ सामान थुपारेतिर ध्यान जाने बताउँछन्। साना बालबालिकासहित नदी किनारमा बस्दै आएका मियाँलाई भदौ १० को घटनापछि राति निद्रा लाग्न छाडेको छ।

त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउनेहरूलाई लक्षित गरी ‘विनय गेस्ट हाउस तथा खाजा घर’ चलाउँदै आएका नारायण श्रेष्ठ त व्यवसाय नै छाड्ने दोधारमा पुगेका छन्। सँगैका साथीहरूले बजार छाडेर हिँडेपछि उनी चिन्तित बनेका हुन्। “सामान्य बाढीसँग डर थिएन, तर यस्तो विनाशकारी रूप देखेकाले अब जीवन र व्यवसाय दुवै जोखिममा परेको महसुस भएको छ,” उनले भने।

रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाट पुगेर कालीगण्डकीमा मिसिने त्रिशूली नदी किनारमा लामो समयदेखि पुराना बस्ती र बजारहरू व्यवस्थित छन्। विगतका वर्षहरूमा सामान्य रूपमा आउने बाढीले यसपालि तीनवटै जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि जोगिएका बस्तीका बासिन्दासमेत निरन्तर मानसिक त्रासमा छन्।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : २३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन