ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू) « Khabarhub

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। बिहानैदेखि महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्।

ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ।

यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ। कतिपय स्थानमा ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले स्नान गर्ने र विशेष विधिबाट सप्तऋषिको पूजा गर्ने परम्परा पनि रहेको छ।

ऋषिपञ्चमीलाई महिलाहरूले वर्षभरि जान-अन्जानमा भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित गर्ने र शुद्धीकरणको पर्वका रूपमा समेत मनाउने गर्छन्। पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा पनि बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको छ।

टेकुको ऋषेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाका लागि आएका ब्रतालुको सहजताका लागि मन्दिर परिसरमा आवश्यक व्यवस्थापन गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १२ : ३० बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन