ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू) « Khabarhub

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। बिहानैदेखि महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्।

ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ।

यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ। कतिपय स्थानमा ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले स्नान गर्ने र विशेष विधिबाट सप्तऋषिको पूजा गर्ने परम्परा पनि रहेको छ।

ऋषिपञ्चमीलाई महिलाहरूले वर्षभरि जान-अन्जानमा भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित गर्ने र शुद्धीकरणको पर्वका रूपमा समेत मनाउने गर्छन्। पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा पनि बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको छ।

टेकुको ऋषेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाका लागि आएका ब्रतालुको सहजताका लागि मन्दिर परिसरमा आवश्यक व्यवस्थापन गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : ३० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा