घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु « Khabarhub

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ । 

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गरेकी हुन् । 

यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।  सम्मेलनको उद्‌घाटन सत्र बिहान करिब तीन घण्टा चल्ने कार्यक्रम निर्धारण गरिएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

उद्‌घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्‌घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भइ सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रुपमा मन्थन गरिने छ । हरितगृह ग्यास उत्सर्जनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ ।

सम्मेलनको समापनका अवसरमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि हिमाली जिल्ला मुस्ताङबाट स्थानीय तहको संयुक्त सहभागितामा जलवायु घोषणापत्र २०८३ जारी गरिनेछ । विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु संकट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी कार्ययोजना र जलवायु अनुकूलनका उपायका सम्बन्धमा सम्मेलनमा विभिन्न कोणबाट छलफल हुनेछ ।

जलवायु संकटले पृथ्वीको तापमान वृद्धि भई कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यावरण तथा मानवीय र भौतिक क्षेत्रमा परेको जोखिमका विषय सम्मेलनमा प्राथमिकताका साथ उठाइने छ । सम्मेलनमा यही भदौ १० गते रसुवा बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ ।
 

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली