घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु « Khabarhub

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ । 

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गरेकी हुन् । 

यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।  सम्मेलनको उद्‌घाटन सत्र बिहान करिब तीन घण्टा चल्ने कार्यक्रम निर्धारण गरिएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

उद्‌घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्‌घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भइ सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रुपमा मन्थन गरिने छ । हरितगृह ग्यास उत्सर्जनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ ।

सम्मेलनको समापनका अवसरमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि हिमाली जिल्ला मुस्ताङबाट स्थानीय तहको संयुक्त सहभागितामा जलवायु घोषणापत्र २०८३ जारी गरिनेछ । विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु संकट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी कार्ययोजना र जलवायु अनुकूलनका उपायका सम्बन्धमा सम्मेलनमा विभिन्न कोणबाट छलफल हुनेछ ।

जलवायु संकटले पृथ्वीको तापमान वृद्धि भई कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यावरण तथा मानवीय र भौतिक क्षेत्रमा परेको जोखिमका विषय सम्मेलनमा प्राथमिकताका साथ उठाइने छ । सम्मेलनमा यही भदौ १० गते रसुवा बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ ।
 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १२ : २२ बजे

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण