उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने « Khabarhub

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउने लगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धीत बिषयलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका हुन् ।

उनले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बढाएर १ लाख डलर पुर्‍याउने प्रस्ताव गरिएको जानकारी दिए । बीमा रकम वृद्धि हुँदा भविष्यमा हवाई भाडादर केही बढ्न सक्ने सम्भावनाप्रति सहज हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले विमान दुर्घटना भएर जमिन वा घरमा रहेका सर्वसाधारण (गैर–यात्रु) को ज्यान वा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको बताए । 

उनले नियमनकारी र सेवा प्रदायक निकाय विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी विषय नागरिक उड्ययन प्राधिकरणको छुट्टै विधेयकमा सम्बोधन हुने उल्लेख गरे।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ३ : ५१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना