जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।

विमानले पश्चिम-मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार बिहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्कविहीन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट संस्थामा दर्ता गरिएको जनाइएको छ ।

दुर्घटनाको कारण थाहा नभएसम्म व्यवस्थापनले सबै उडानहरू तत्काल स्थगित गर्ने घोषणा गरेको जनाइएको छ । डच सुरक्षा बोर्डले सोमबार दुई उड्डयन अनुसन्धानकर्ताहरूले प्रारम्भिक अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ४१ बजे

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी

कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेकालाई अझै मतदाता नामावलीमा समेटिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई व्यवस्थित र मर्यादित