राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ « Khabarhub

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबारको बिदा खारेज गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवामा असर पुगेको भन्दै यसलाई हटाउन माग गरेका हुन् ।

आइतबारको बिदा आवश्यक नभएको बताउँदै उनले भने, ‘आइतबारको बिदा कसैलाई चाहिएको छैन । शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ । त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा कायम गरोस् ।’

आइतबारको बिदाका कारण सेवा लिन कठिनाइ भोग्नुपरेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत ढिलाइ भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : ०१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना