सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण « Khabarhub

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण गरिएको छ ।

भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका उपलक्ष्यमा सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयले गणेश मन्दिरमा पूजाआराधाना गरी गणेशको चाँदीको मूल मूर्तिलाई खटमा राखेर रथारोहण गराएका हुन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गणेशको पुजा गरी रथारोहणको प्रारम्भ गरेका थिए ।

त्यस्तै सङ्घीय सांसदद्वय रुकेश रंजित र राजिब खत्री, पूर्व सांसद दुर्लभ थापा तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले गणेशको पूजाअर्चना गरेपछि जात्रा सुरु भयो । 

मन्दिरको मूल ढोकामै गणेशलाई बिभिन्न परिकारका प्रसाद चढाएर पछि रथलाई बोकेर सिन्दुर खेल्दै रथ यात्रा सुरु गरिएको जात्रा आयोजक सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । 

स्थानीय विभिन्न टोलको परिक्रमापछि रथ जात्रा पुनः मन्दिरमा ल्याइने र साँझ पूजा एवं आरतीपछि मूर्तिलाई पुरानै स्थानमा प्रतिस्थापन गरिने छ । जात्रा वडा नं ६ र ८ को आर्थिक सहयोगमा विस २०७८ बाट मनाउन सुरु भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ५० बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको