कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ « Khabarhub

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय वडादेखि केन्द्रसम्मका उम्मेदवारहरूका लागि मनोनयन दर्ता शुल्क (दस्तुर) तय गरेको छ ।

पार्टीको ‘१५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ अनुसार विभिन्न तहका पदाधिकारी तथा सदस्य पदमा उम्मेदवारी दिनका लागि न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको हो ।

निर्देशिका अनुसार सबैभन्दा बढी शुल्क केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ र सबैभन्दा कम वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ तोकिएको छ ।

मनोनयन पत्र दर्ता गर्दा तोकिएको यो दस्तुर उम्मेदवार आफैं वा आफ्नो वारेस (प्रतिनिधि) मार्फत सम्बन्धित निर्वाचन अधिकृत समक्ष बुझाउनुपर्ने भएको छ।

निर्देशिका अनुसार उम्मेदवारी फिर्ता लिए पनि वा निर्वाचन जुनसुकै परिणाम आए पनि यो शुल्क फिर्ता नहुने अभ्यास कांग्रेसको निर्वाचनमा रहँदै आएको छ।

उम्मेदवारले बुझाउनुपर्ने शुल्क
१. केन्द्रीय कार्यसमिति
केन्द्रीय सभापति : रू. ४०,०००।-
केन्द्रीय उपसभापति र महामन्त्री : रू. ३०,०००।-
केन्द्रीय सह-महामन्त्री : रू. २०,०००।-
केन्द्रीय सदस्य : रू. ११,०००।-
२. प्रदेश कार्यसमिति
प्रदेश सभापति : रू. २०,०००।-
उपसभापति र महामन्त्री : रू. १५,०००।-
सहमहामन्त्री : रू. १०,०००।-
प्रदेश सदस्य : रू. ५,०००।-

३. जिल्ला कार्यसमिति
जिल्ला सभापति : रू. १५,०००।-
उपसभापति र सचिव : रू. ७,०००।-
सहसचिव : रू. ६,०००।-
जिल्ला सदस्य : रू. ३,०००।-
४. प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति
क्षेत्रीय सभापति : रू. १०,०००।-
उपसभापति र सचिव : रू. ५,०००।-
सहसचिव : रू. ४,०००।-
क्षेत्रीय सदस्य : रू. २,०००।-
केन्द्रीय महाधिवेशन प्रतिनिधि : रू. ७,०००।-
केन्द्रीय महासमिति सदस्य : रू. ५,०००।-
५. प्रदेश सभा क्षेत्रीय कार्यसमिति
सभापति : रू. ७,०००।-
उपसभापति र सचिव : रू. ४,०००।-
सहसचिव : रू. ३,०००।-
सदस्य : रू. २,०००।-
प्रदेश अधिवेशन प्रतिनिधि : रू. ५,०००।-
६. महानगरपालिका/ उपमहानगरपालिका कार्यसमिति
नगर सभापति : रू. ७,०००।-
उपसभापति र सचिव : रू. ४,०००।-
सहसचिव : रू. ३,०००।-
नगर सदस्य : रू. २,०००।-
७. नगरपालिका कार्यसमिति
नगर सभापति : रू. ५,०००।-
उपसभापति र सचिव : रू. ३,०००।-
सहसचिव : रू. २,०००।-
नगर सदस्य : रू. १,०००।-
८. गाउँपालिका कार्यसमिति
गाउँपालिका सभापति : रू. ५,०००।-
उपसभापति र सचिव : रू. २,०००।-
सहसचिव : रू. १,५००।-
गाउँपालिका सदस्य : रू. १,०००।-
९. गाउँ/ नगर/उपमहानगर/ महानगरपालिका वडा कार्यसमिति
वडा सभापति : रू. १,०००।-
वडा उपसभापति, सचिव र सहसचिव : रू. ७००।-
वडा सदस्य : रू. ५००।-
क्षेत्रीय प्रतिनिधि : रू. ५००।-

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : १० बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै