ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता « Khabarhub

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने चीनको विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।

मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीबीच बुधबार वार्ता हुनेछ । दुवैले गत साता दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनमा साइडलाईन भेटवार्ता गरेका थिए । 

अमेरिका र इरानबीच महिनौँदेखि जारी द्वन्द्व अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको चीनमा अराघचीको भ्रमण हुन लागेको हो । चीन इरानको प्रमुख आर्थिक साझेदारमध्ये एक हो । उसले इरानको ठूलो परिमाणको तेल खरिद गर्दै आएको छ भने कूटनीतिक रूपमा पनि तेहरानलाई महत्वपूर्ण समर्थन गर्दै आएको छ ।

दुई विदेशमन्त्रीबीचको वार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणको ठीक एक साताअघि हुन लागेको हो । सीले उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

सी–ट्रम्प भेटवार्तामा व्यापार र कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी प्रतिस्पर्धालगायतका जटिल मुद्दासँगै अमेरिका–इरान द्वन्द्व पनि प्रमुख चासोको विषय बन्ने अपेक्षा गरिएको छ ।

यसैबीच, जोर्डनमा अमेरिकी सेना रहेको सैन्य आधारमा इरानी आक्रमण हुनुअघि र पछि चीनका निकायले तेहरानलाई स्याटेलाइट तस्बिर उपलब्ध गराएको भन्ने हालैका समाचारलाई बेइजिङले खण्डन गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीनमाथि लगाइएका आरोपको खण्डन गर्दै भने, ‘हामी प्रमाणविहीन शंका र आरोपको दृढतापूर्वक विरोध गर्छौँ ।’

‘वाल स्ट्रिट जर्नल’मा प्रकाशित उक्त समाचारले आगामी साता हुने भनिएको सी–ट्रम्प भेटवार्ताअघि वासिङ्टन र बेइजिङबीचको तनाव थप बढ्न सक्ने आशङ्का जन्माएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई हतियार नबेच्न चेतावनी दिँदै आएका छन् । यसअघि वासिङ्टनले इरानको सैन्य गतिविधिलाई सहयोग गरेको आरोपमा मे महिनामा चीनमा आधारित तीन स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : ४२ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना