ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो « Khabarhub

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सवारीसाधनमा २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर छन् ।

सवारीसाधन हस्तान्तरण गर्दै एसएसपी काफ्लेले आफ्नो सवारीसाधनको सुरक्षामा विशेष ध्यान दिन सवारीधनीलाई आग्रह गरे। उनले ह्विल लक, डिस्क लक तथा जीपीएस प्रणालीजस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिए ।

सवारीसाधन चोरी वा हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन आग्रह गर्दै वरिष्ठ उपरीक्षक काफ्लेले भने, ‘सवारीसाधन चोरी भए वा हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउनुहोस् ।’

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सवारीसाधन सुरक्षाका लागि प्राविधिक निगरानीसहितको सुरक्षित स्मार्ट पार्किङ व्यवस्थापन पनि आवश्यक रहेको बताए। उनले सवारीसाधन चोरीबाट जोगाउन भौतिक तथा डिजिटल दुवै प्रकारका सुरक्षा प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म १६६ वटा हराएका तथा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको जनाएको छ । फेला परेको सवारीसाधन बुझ्दै धनीले ट्राफिक प्रहरी कार्यालयले गुमेको सम्पत्ति र खुसी दुवै फिर्ता गराएको प्रतिक्रिया दिए। 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : २७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको