आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो « Khabarhub

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन यूट्युब कार्यक्रमका प्रस्तोतालाई सैनिक अस्पतालको आईसीयूमै प्रवेश गर्न दिइएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । सैनिक अस्पतालजस्तो महत्वपूर्ण स्वास्थ्य केन्द्रको सघन उपचार कक्षमा यूट्युबरले बिरामीको अन्तर्वार्ता लिन घन्टौँ बिताएको घटनाबारे सदनमा समेत आवाज उठेको छ ।

प्रस्तोता सैनिक मुख्यालयले जारी गरेको लिखित अनुमति लिएर अस्पताल पुगेको बताइएको छ । सार्वजनिक भिडियोमा प्रस्तोता र उपचाररत घाइतेले मास्क लगाएको देखिँदैन । आईसीयूमा प्रयोग हुने पोसाक लगाइए पनि मुख खुला राखेर लामो प्रश्नोत्तर गरिएको छ । बाहिरबाट लगिएका क्यामेरा, माइक तथा अन्य उपकरणलाई सङ्क्रमणरहित बनाइएको थियो वा थिएन भन्ने विवरण पनि खुलाइएको छैन ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवामा बिरामीको मर्यादा, गोपनीयता, गोप्य विवरणको सुरक्षा र सूचित सहमतिलाई सम्मान गर्नुपर्ने आधारभूत नैतिक मान्यता मानेको छ। आजको कार्टुनले यसै घटनालाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ७ : ४८ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन