आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो « Khabarhub

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन यूट्युब कार्यक्रमका प्रस्तोतालाई सैनिक अस्पतालको आईसीयूमै प्रवेश गर्न दिइएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । सैनिक अस्पतालजस्तो महत्वपूर्ण स्वास्थ्य केन्द्रको सघन उपचार कक्षमा यूट्युबरले बिरामीको अन्तर्वार्ता लिन घन्टौँ बिताएको घटनाबारे सदनमा समेत आवाज उठेको छ ।

प्रस्तोता सैनिक मुख्यालयले जारी गरेको लिखित अनुमति लिएर अस्पताल पुगेको बताइएको छ । सार्वजनिक भिडियोमा प्रस्तोता र उपचाररत घाइतेले मास्क लगाएको देखिँदैन । आईसीयूमा प्रयोग हुने पोसाक लगाइए पनि मुख खुला राखेर लामो प्रश्नोत्तर गरिएको छ । बाहिरबाट लगिएका क्यामेरा, माइक तथा अन्य उपकरणलाई सङ्क्रमणरहित बनाइएको थियो वा थिएन भन्ने विवरण पनि खुलाइएको छैन ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवामा बिरामीको मर्यादा, गोपनीयता, गोप्य विवरणको सुरक्षा र सूचित सहमतिलाई सम्मान गर्नुपर्ने आधारभूत नैतिक मान्यता मानेको छ। आजको कार्टुनले यसै घटनालाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ७ : ४८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६