उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल « Khabarhub

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक ढंगले सहभागी हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

असोज ३ र ४ गतेको अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन उनले अपिल गरेका हुन् । बलियो कांग्रेस बनाउन १५ औँ महाधिवेशन हुन गइरहेको उनको भनाइ छ । ”असोज ३ गते वडाबाट प्रारम्भ भई १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने १५औँ महाधिवेशनमा सबै तहका कार्यसमितिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सोही अनुसार सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागिता गराई महाधिवेशन सम्पन्न गर्न र उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछु,” थापाले भनेका छन् ।

वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यमा १४ औँ महाधिवेशनका कार्यसमिति पनि समावेश भएकाले कुनै पनि द्विविधामा नपर्न उनको आग्रह छ । पार्टीभित्रका आन्तरिक मतभेदको समाधान गरिएको भन्दै उच्च मनोबलका साथ महाधिवेशनमा सहभागी हुन उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ८ : ४३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको