नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड « Khabarhub

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ ।  

लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं ३ की सांसद सोविता गौतमको पहलमा उक्त काम अघि बढेको हो ।सरोकारवालासँगको छलफलमा नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाउने र आवश्यक निर्माण सामग्रीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ । 

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलले छलफलमा सो कुरा प्रकाश पार्नुभएको हो । मन्त्री गौतमको उपस्थितिमा छलफलको आयोजना गरिएको हो । 

छलफलमा  प्रमुख जिल्ला अधिकारी, सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका कर्मचारी, सरोकारवाला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसहित दलका नेता तथा कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो । 

नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो । 

  छलफलमा भरतपुर महानगरपालिकाका विभिन्न तटीय क्षेत्रमा नारायणी नदीले गर्दै आएको कटान नियन्त्रणका लागि अल्पकालीन रूपमा काम गर्ने  नपर्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताए । 

दीर्घकालीन समाधानका लागि  वार्षिक भन्दा बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका प्रमुख डा नारायण सुवेदीले नदी नियन्त्रणका लागि कङ्क्रिटको प्रयोगभन्दा बोल्डर (ठूला ढुङ्गा) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । 
 
तटबन्ध निर्माणका लागि बजेट छुट्याइए पनि आवश्यक ठूला ढुङ्गाको उपलब्धता र स्रोत सुनिश्चितता मुख्य समस्याका रूपमा रहेको  छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  १२ : ०४ बजे

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर