सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर « Khabarhub

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो र मनोरञ्जनसँगै पारिवारिक जीवनका उतारचढावको कथा ल्याउने संकेत गरेको छ। प्रदर्शनको तीन दिनअघि  सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा श्रीमान्-श्रीमतीको सम्बन्ध, सन्तान प्राप्तिका लागि गरिने संघर्ष र हास्यपूर्ण घटनाक्रमलाई समेटिएको छ ।

करिब सात वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘छ माया छपक्कै’ को दोस्रो शृंखलामा दीपकराज गिरी र केकी अधिकारी पुनः श्रीमान्–श्रीमतीकै भूमिकामा देखिएका छन् । अघिल्लो भागको कथालाई निरन्तरता दिँदै तयार पारिएको फिल्ममा यसपटक सन्तान प्राप्तिका लागि दम्पतीले गर्ने संघर्षलाई मुख्य विषय बनाइएको छ ।

ट्रेलरमा दीपकराजको पात्र ‘पठाओ’ चालकका रूपमा देखिन्छ । हास्यरसले भरिएका संवाद र पारिवारिक घटनाक्रमले फिल्मलाई मनोरञ्जनात्मक बनाउने संकेत गरेका छन्। त्यस्तै, अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथामा नयाँपन र थप रोचकता ल्याउने देखिन्छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपालिया, रिहान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा र रविन्द्र झालगायत कलाकारको अभिनय छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुति रहेको फिल्मका मुख्य निर्माता रोहित अधिकारी हुन् । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन् ।

पारिवारिक सम्बन्धभित्रका समस्या र सन्तान प्राप्तिको चाहनालाई हास्यरससँग जोडिएको ‘छ माया छपक्कै २’ असोज ३१ गते शनिबारदेखि प्रदर्शनमा आउनेछ । सार्वजनिक ट्रेलरले दर्शकलाई हँसाउँदै पारिवारिक जीवनका संवेदनशील पक्षसमेत देखाउने अपेक्षा जगाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १ : ०७ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको