धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनापछि ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ८ : ४३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा