एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै « Khabarhub

एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। आजका खेलले लिग चरणको समाप्तिसँगै प्लेअफअघिको अंक तालिकाको अन्तिम समिमकरण टुंगो लगाउनेछ।

पहिलो खेलमा आज दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहँदै यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने प्लेअफ दाैडबाट बाहिरिएको कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा रहेको छ।

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने-सामने हुनेछन्। प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडाैँ गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा एभेन्जर्स अंक तालिकाको पुछारमा रहेर आफ्नो यात्रा अन्त्य गर्ने तयारीमा छ।

आज हुने यी दुवै खेलको नतिजाले अंक तालिकाको आधिकारिक समीकरण र प्लेअफअघि प्रत्येक टिमको अन्तिम स्थान पूर्णरूपमा स्पष्ट पार्नेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : २२ बजे

एनपीएल : आज चितवन र कर्णाली, काठमाडाैँ र पोखरा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

एनपिएल तेस्रो संस्करण : लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो

महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी – भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै