चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद « Khabarhub

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज मित्रराष्ट्र चीन प्रस्थान गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलको भ्रमण अवधि ११ दिनको हुनेछ । भ्रमण आइतबारदेखि सुरु हुने जनाइएको छ । 

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ११ : १० बजे

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

टर्कीए– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु

हेटौँडा र मकवानपुरको विकासबारे सभामुखको छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री

कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह

काठमाडौं– टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनः रोपण सुरु (तस्बिरहरु)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको