कर्णालीसँग चितवन पराजित « Khabarhub

कर्णालीसँग चितवन पराजित


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्ससँग चितवन राइनोज पराजित भएको छ । कर्णालीसँग चितवन २४ रनले पराजित भएको हो । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय २९ रनमा समेटियो ।

चितवनका लागि उसामा मीरले सर्वाधिक २८ रन बनाए । २३ बल खेलेर नट आउट रहेका उनले २ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, चितवनका कामिल मिसाराले २५ रन बनाए । कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए ।

बलिङतर्फ हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले २ तथा सोमपाल कामीले एक विकेट लिए ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतको अर्धशतक बनाए । उनले नटआउट ५१ रन जोडेका हुन् । उनले ३३ बलको सामना गर्दा तीन छक्का र दुई चौका हिर्काए ।

कर्णालीका लागि आरिफुल स्लामले ३५ रन बनाए । विष्फोटक ब्याटिङ गरेका उनले १५ बलको सामना गर्दा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडेका हुन् । कप्तान डेबिड मिलर ५ रनमा आउट हुँदा दिपक डुम्रेले ७ रन जोडे ।

सोमपाल कामी ४, मार्क वाट ६ रनमा आउट भएको खेलमा सचिन शर्मा शून्यमै पेभिलियन फर्किए । सात विकेट गुमेको अवस्थामा क्रिजमा आएका गुल्सन झाले दुई छक्का र एक चौका हिर्काएर ६ बलमा १८ रन जोड्दा आउट भए ।

कर्णालीलाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुईदुई विकेट हात पार्दा रिजन ढकाल र सिकन्दर राजाले एकएक विकेट हात पारे ।

चितवन प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ४ : १७ बजे

कर्णालीसँग चितवन पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा