राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा « Khabarhub

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् । त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।

भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली खेलाउन पाउनेछन् । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ ।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ ।

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै राइजिङ स्टार्स एसिया कपका लागि छनोट भएको थियो । प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो भएको हङकङले पनि प्रतियोगितामा स्थान बनाएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : ५९ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ