वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ « Khabarhub

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ९ : ५४ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ