आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा « Khabarhub

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आएका छन् ।

माघे संक्रान्ति र आगामी साताको सोनाम ल्होछारको सार्वजनिक बिदा उपभोग गर्न तीन फिल्महरुले बक्स अफिस प्रतिस्पर्धा गरेका हुन् ।

यम शेर्पाको लेखन निर्देशन रहेको फिल्म ‘मिरमिरे’मा नायक दयाहाङ राई, नायिका सिर्जना निङ्लेखु र प्रकाश सपुत शीर्ष भूमिकामा छन् ।

यसअघि दयाहाङ शीर्ष भूमिकामा रहेका चार फिल्महरु ‘महाभोज’, ‘रिमै’, ‘परिष्ठ बलराम’ र ‘जारी २’ व्यापारिक रुपमा फ्लप बनेका थिए । त्यस्तै, प्रकाश सपुतका फिल्महरु लगातार फ्लप छन् ।

फिल्म ‘गोबर गणेश’का लेखक, निर्माता, निर्देशक र नायक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ हुन् । यो उनको डेब्यू फिल्म हो । यसको नायिका वर्षा सिवाकोटी हुन् ।

त्यस्तै, ‘भाइरल गोर्खे’का नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ हुन् । लेखक र निर्देशक निगम श्रेष्ठ हुन् । यसअघि यो जोडीले चार फिल्महरु ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘राधा’ र ‘द रेड सुटकेस’मा शीर्ष भूमिकामा सहकार्य गरेको छ ।

यी चारै फिल्म व्यापारिकरुपमा फ्लप छन् । ‘भाइरल गोर्खे’ यो जोडीले शीर्ष भूमिकामा रहेको पाचौं फिल्म हो ।

तीन फिल्मको बक्स अफिस भिडन्त भए पनि सबैको बुकिङ न्यून छ । यो तीनका लागि सुखद संकेत होइन ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ०३ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको