हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी « Khabarhub

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न नसिकाएको तर विचार, तर्क, असहमतिलाई सभ्य रुपमा राख्न र समाधान खोज्न सिकाएको बताएका छन्। कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि उनले कार्यकर्ता र नेताप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

‘जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ। चित्त दुख्छ पनि, खुसी पनि हुन्छ। यही नै जीवनको यथार्थ हो’, उनले फेसबुकमा लेखेका छन्, ‘तर हाम्रो पाठशालाले हामीलाई गाली गर्न होइन—विचार राख्न, तर्क गर्न, असहमति सभ्य रूपमा व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो।’

उनले विचारको प्रतिस्पर्धा स्वस्थ हुने बताउँदै गालीले व्यक्ति र संस्था नबनाउने बताएका छन्। लोकतन्त्रले फरक मत राख्ने अधिकार मात्र नदिएर सुरक्षाको ग्यारेन्टीसमेत गर्ने उनको भनाइ छ ।

उनले थप लेखेका छन्, ‘लोकतन्त्रको सुन्दरता यही हो कि फरक मत राख्ने अधिकार मात्र होइन, त्यसको सुरक्षा हुने ग्यारेन्टी पनि हुन्छ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : २३ बजे

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९