माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड « Khabarhub

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको भीड लागेको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् ।

बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।

यस वर्ष तीन लाख भक्तजनले माघेसङ्क्रान्ति मेला भर्ने अनुमान गरिएको बरालले बताए । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन नै भएको मानिन्छ ।

मेलाको अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

नवलपुरतर्फका भक्तजनहरु हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

चितवनतर्फ सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनको लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिको पार्किङ व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार)देखि उत्तर पूर्वक्षेत्रमा रहेको बसपार्कमा सवारीसाधनलाई सहज रुपमा पार्किङको व्यवस्था मिलाइएको छ ।

तनहुँतर्फ पैदलमार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने रुट कायम गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीहरुको यात्रासरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

तीर्थस्थलमा धुमपान, मांस–मदिरा एवं सुर्तीजन्यपदार्थहरु निषेध गरिएको छ । तसर्थ उक्त वस्तुहरु बिक्री वितरण ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याउन आग्रह गरिएको छ । वेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : १९ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार