काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले समीक्षा अवधिमा निर्धारित लक्ष्यको ८१.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य तय गरेको थियो । तर, सो अवधिसम्म सरकारले जम्मा ८१.७५ प्रतिशत अर्थात् ५ खर्ब ८१ अर्ब ४१ करोड मात्रै राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोडको जम्मा वार्षिक लक्ष्य तय गरेकोमा अर्धवार्षिक अवधिमा ६ खर्ब ७२ अर्ब ८१ करोड तय गरेको थियो । जसमा सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।













प्रतिक्रिया