कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने « Khabarhub

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले यस्तो निर्णय लिएका हुन् ।

सुर्खेत क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भएका थानीले करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याका कारण सहजरूपमा हिँडडुल गर्न नसकिरहेको बताएका छन् ।

डाक्टरको सल्लाहअनुसार हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचाररत रहेकाले माघ ६ गते हुने मनोनयन दर्तामा समेत उपस्थित हुन नसक्ने अवस्था देखिएको उनले बताएका छन् ।

उनले भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’पछि मुलुक अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्योलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

यस्तो परिस्थितिमा संविधानलाई लिकमा ल्याउन र मुलुकको स्थिरताका लागि तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन भएमा ठूलो निकास हुने उनले बताएका छन् ।

थानीले आफू उम्मेदवार नबन्ने निर्णय स्वास्थ्य कारणले लिएको स्पष्ट पार्दै स्वास्थ्यमा सुधार आएपछि अझै सक्रियताका साथ क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : १३ बजे

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस