एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो « Khabarhub

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

आगामी चुनाव जित्न सबैलाई घर फर्किन आह्वान


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकारेका छन् ।

उनले बुधबारदेखि पार्टी दुई समूहमा विभाजित भए पनि फागुन २१ गतेको निर्वाचनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारी जोगाउन सबैलाई एकतामा फर्किन आह्वान गरेका छन् ।

बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले कांग्रेसभित्र देखिएको विभाजन र असफल प्रयासका विषयमा दोषारोपण गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन नचाहेको स्पष्ट पारेका छन् ।

‘हामी सबै कहीँ न कहीँ चुकेका छौँ,’ उनले भनेका छन्, ‘पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासमै छाडिदिऊँ ।’

उनले राजधानीकेन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र र आन्तरिक अन्तरविरोधका कारण कांग्रेसलाई एकढिक्का बनाएर निर्वाचनमा होमिने प्रयास सफल हुन नसकेको बताएका छन् ।

कठिन घडीमा महामानव बीपी कोइरालाको स्मरण आवश्यक रहेको उनले उल्लेख गरेका छन् । बीपीले पनि पार्टीभित्रको विभाजनलाई ‘नियतिको खेल’ का रूपमा बुझ्ने गरेको स्मरण गराएका छन् ।

डा. कोइरालाले कांग्रेस एक भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको बताए ।

संगठनात्मक ऊर्जा प्रस्फुटन भए मात्रै अग्रज नेता र शहिदहरूले सुम्पेको दायित्व पूरा गर्न सकिने उनको भनाइ छ ।

उनले कांग्रेस आम कार्यकर्ताले बनाएको पार्टी भएको, साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

विगतमा पार्टी विभाजनका बाबजुद जनताले कांग्रेसप्रति गरेको भरोसा कायमै रहेको उल्लेख गर्दै उनले पुनः जनताको घरदैलोमा पुगेर समृद्धिको यात्रामा साथ माग्नुपर्ने बताएका छन् ।

डा. कोइरालाले पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं’ भनेका छन् । ‘जीत–हारको होइन, सबैको ‘विन–विन’ अवस्थाबाट अगाडि बढ्न सकिने विश्वास व्यक्त छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ३८ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन