एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला « Khabarhub

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले यसको दोष कसैलाई थोपर्नेभन्दा पनि समग्र घटनाक्रमको वस्तुपरक समीक्षा इतिहासले गर्ने बताएका छन् ।

डा. कोइरालाले पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध, राजधानी केन्द्रित षड्यन्त्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबानाले कांग्रेसलाई कमजोर बनाउने प्रयास रोक्न नसकिएको उल्लेख गरेका छन् । ‘हामी सबै कहीँ न कहीँ चुकेका छौं,’ भन्दै उनले आत्मालोचनाको आवश्यकता औंल्याएका छन् ।

आसन्न निर्वाचनमा कांग्रेस एक भएर जानुपर्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यो सम्भव नभएको उनको भनाइ छ । यस्तो कठिन घडीमा उनले पार्टीका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गर्दै लोकतन्त्रका लागि त्याग गर्ने इतिहास कांग्रेसको पहिचान भएको बताएका छन् ।

डा. कोइरालाले कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् । आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउन अब सङ्गठनात्मक ऊर्जा पुनःजागृत गर्नुपर्नेमा उनले जोड दिए ।

उनले कांग्रेस एकता अहिले अपरिहार्य भएको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई ‘घर फर्कन’ आह्वान गरेका छन् । ‘यहाँ जीत–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौं,’ उनले भनेका छन् ।

पार्टीभित्र आवश्यक सुधारका प्रयास नरोकिने बताउँदै डा. कोइरालाले छोटो समय भए पनि चुनावी अभियानका क्रममा जनताको घरदैलोमा पुग्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले ‘जय नेपाल’ भन्दै कांग्रेस एकतामार्फत नेपाली जनताको समृद्धिको यात्रामा अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०० बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ