दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल « Khabarhub

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, ‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’

लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए।

उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए। 
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ३० बजे

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को